मेस्सीको डेब्यूमा पनि एमबाप्पे नै नायक

काठमाडौं। फ्रेन्च लिग-१ अन्तर्गत आईतवार राति खेलिएको खेलमा पेरिस सेन्ट जर्मेन् (पीएसजी)ले रेम्सलाई २-० गोलले पराजित गरेको छ।

रेम्सको घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि लियोनल मेस्सीले डेब्यू गरेका थिए। यस सिजन आफ्नो पहिलो खेल खेलेका ब्राजिलियन स्टार नेयमारलाई दोस्रो हाफको ६६औं मिनेटमा प्रतिस्थापन गर्दै मेस्सी मैदान प्रवेश गरेका थिए।

Messi makes PSG debut off bench in Ligue 1 game at Reims - France 24

तर खेलमा नायकको भुमिका निभाउने खेलाडी भने कीलियन एमबाप्पे नै हुन पुगे। पहिलो हाफको १६औं मिनेटमा एमबाप्पेले डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलको अग्रता लिएको पाहुना टोलीले खेलको ६३औं मिनेटमा आफ्नो अग्रता दोब्बर बनाएको थियो। यस पटक फूल ब्याक असरफ हाकिमीको पासमा फेरि एमबाप्पेले नै गोल गर्न सफल भएका थिए।

Kylian Mbappe scores as PSG await Lionel Messi's debut - Football Espana

लियोनल मेस्सी मैदानमा छिरेपछि खेलमा कुनै पनि गोल भने हुन सकेन। यस जितसँगै पीएसजी चार खेलमा शत प्रतिशत नतिजासहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?