वाटफोर्डमाथि जित निकाल्दा टोटनह्याम शीर्ष स्थानमा

काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतवार खेलिएको खेलमा टोटनह्याम हटस्परले वाटफोर्डलाई १-० गोलले पराजित गरेको छ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफको ४२औं मिनेटमा अग्रता लिन सफल भएको थियो। स्पर्सका फरवार्ड ह्यूङ मिन सनले प्रहार गरेका फ्रिकिकले सोझै जाली चुम्दा घरेलु टोलीले अग्रता लिएको थियो।

Tottenham vs Watford, Premier League: live score and latest updates

पहिलो हाफमा एक गोलले अग्रता लिएको स्पर्सले दोस्रो हाफमा गोल थप्न भने सकेन। उता यसै सिजन बढुवा भएर प्रिमियर लिग आएको वाटफोर्डले खेलमा बराबरी गोल गर्न धेरै प्रयास गरेपनि गोल भने गर्न सकेन।

यस जितसँगै टोटनह्यामले तीन खेलमा तीन जित दर्ता गरेको छ। त्यस्तै सन् २०२१/२२ प्रिमियर लिग सिजनमा शत प्रतिशत नतिजा निकाल्न सफल एकमात्र टोली टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?