गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय मंगलवारदेखि भौतिक उपस्थितिमै सञ्चालन हुने

लोकपथ
119
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू मंगलवारदेखि खुल्ने भएका छन् ।

आइतवार बसेको नगर शिक्षा समितिको बैठकले सामाजिक एवं भौतिक दुरीको पालना गर्दै र आवश्यक जनस्वास्थ्यका मापदण्डहरूलाई पालना गरी विद्यालय खोल्ने निर्णय गरेको हो ।

नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडा अध्यक्ष लगायत सरोकारवालको भदौ ११ गते भएको बृहत छलफलमा सबै विद्यालय भौतिक उपस्थितिमै सञ्चालन गर्न सुझाव आएको हुँदा शिक्षा समितिले विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिले जनाएको छ ।

नगरभित्रका सबै विद्यालय मंगलवारदेखि सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसारै विद्यालय सञ्चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन समितिले सरोकारवालालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?