आरोप-प्रत्यारोपमा राष्ट्रिय जनमोर्चा पार्टी

लोकपथ
1.7k
Shares

धनगढी । राष्ट्रिय जनमोर्चा पार्टी केन्द्रिय कार्यालयले सुदूरपश्चिमका कार्यकर्तालाई धम्क्याउन शुरु गरेको आरोप लगाएका छन ।
आइतबार प्रदेश कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष लोकेन्द्र लम्सालले कार्यकर्तालाई धम्क्याउन शुरु गरेको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले भने ‘पार्टीभित्र हामीले फरक मत राख्दै आएका थियौं । हाम्रो मतलाई पार्टीले कहिले स्वीकार गरेन । त्यसैले हामीले केन्द्रिय समितिकै विधान अनुसार नयाँ कमिटि गठन गरेका थियौं’ । ‘अहिले पार्टीका कार्यकर्तालाई केन्द्रिय महासचिव मनोज भट्ट लगायतका नेताहरुबाट धम्की दिने तथा प्रलोभनमा पार्ने काम भइरहेको छ ।’

सचिव लक्षीराम आचार्यले प्रदेश कमिटिका विषयमा पार्टीकै निर्देशनमा भ्रामक समाचार प्रकाशन गराउने, भ्रामक कुरा प्रचार–प्रसार गर्ने जस्ता गतिविधी पनि भइरहेको बताए । शनिबारमात्र युगदर्शन नामक अनलाईनले प्रदेश कमिटिबारे भ्रामक समाचार प्रकाशन गरेको थियो ।

प्रदेश कोषाध्यक्ष केशवनाथ योगीले प्रेस विज्ञप्ती पढ्दै भने –‘अनलाईन पत्रिकामा प्रकाशित मिथ्या समाचार प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त अनलाईन पत्रिकाको समाचारमा माओवादी केन्द्रका नेता विना मगर तथा मुख्यमन्त्री त्रिलोचन भट्टसँगको भेटमा पदको बाग्रेनिङ्ग गरेको भनि उल्लेख छ ।’ उनले विशेष शुत्रको हवाला दिँदै मिथ्या समाचार संप्रेषण गरेको प्रति घोर निन्दा तथा आपत्ती प्रकट गरे ।

पार्टी अध्यक्ष लम्सालले लामो समयदेखि पार्टीभित्र गलत राजनीति, दक्षिणपंथी अवसरवाद, व्यक्तिवाद प्राधिकारवाद, जडसुत्रवाद, संसदवाद र नोकरशाही प्रवृति जारी रहेको बताए । उनले यस्ता प्रवृतिविरुद्ध निरन्तर संघर्ष गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?