के हो सन्तोष पन्तले नबुझेका विक्की अग्रवालको प्रस्तुति ‘पेन्टोमाइम’ ?

यतिबेला सामाजिक सञ्जालमा कमेडी च्याम्पियन सिजन – २ को ३४औं भाग  चर्चामा  छ । कारण दुईजना कन्टेस्टेन्ट,  भरतमणि पौडेल र विक्की अग्रवाल ।

पूर्वयुवराज पारस शाहको गेटअप र हाउभाउसहित उनको चरित्रलाई कमेडिमार्फत् प्रस्तुति दिएका भरतमणि पौडेलले आम दर्शकको मन जितेका छन् । उनैको प्रस्तुतिले यतिबेला चर्चा बटुलेको छ ।

तर नयाँ शैलीबाट दर्शक हसाउँने उदेश्यले कमेडी च्याम्पियनमा फरक प्रस्तुती दिएका विक्की अग्रवाल भने विवादमा तानिए । कारण कमेडी च्याम्पियनका निर्णयक सन्तोष पन्तको टिप्पणी ।

निर्णायक सन्तोष पन्त भन्छन्, 'हिमेशको भोट १० लाखले बढी छ, कसरी खबपुले जित्छ?' - Everest Dainik - News from Nepal

विक्की अग्रवालको पेन्टोमाइम प्रस्तुतिपछि सन्तोष पन्तले भनेका छन्, -‘नयाँ प्रयोगको लागि धेरै बधाई छ । तर एउटा कुरा के छ भने हरेक ठाउँको आफ्नो-आफ्नो स्वाद हुन्छ । हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइल एकदम फरक छ । कुखुराले पिच्च गर्दा पनि हाँस्छन् । तर हाम्रोमा हाँस्दैनन् । जस्तो हाम्रो खानाको टेस्ट आफ्नै छ नि, दाल भात तरकारी भनेजस्तै यो प्रयोग हाम्रोमा मिल्दैन । उनीहरुको कमेडी टेस्ट र हाम्रो बेग्लै छ । त्यसले गर्दा यो प्रयोग तिम्रो लागि गाह्रो छ । हो, तिमीले नयाँ प्रयोग गर्‍यौ बधाई छ । तर हाम्रो समाजले अझै पनि यसलाई बुझ्दैनन् । मैले त बुझिनँ, अरुको के कुरा ? यहाँ त कोही हाँसेनन्, अरु को हाँस्छ ?’

उनको यो टिप्पणी पछि धेरेले सन्तोष पन्तको ‘कला–चेत’माथि नै प्रश्न उठाएका छन् । ‘हाम्रो समाजले यसलाई बुझ्दैनन्, मैले त बुझिनँ’ भन्ने टिप्पणी यतिबेला सन्तोष पन्तलाई नै भारी भइरहेको छ । सोही भागको कमेन्टमा अधिकांश दर्शक सन्तोष पन्तमाथि खनिएका छन् । विक्की अग्रवालको प्रस्तुतिको तारिफ गरेका छन् ।

कमेडी च्याम्पियनका अन्य निर्णायकहरु मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराइले विक्कीको प्रशंसा गरेका थिए ।

के हो 'कमेडी च्याम्पियन २'मा विक्कीले प्रस्तुत गरेको 'पेन्टोमाइम' ? – Online Khabar

के हो पेन्टोमाइम ?

पेन्टोमाइम बेलायतबाट सुरु भएको एउटा हँसाउने शैली हो । पेन्टोमाइममा संगीतिक माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हसाँउने गरिन्छ । पेन्टोमाइम प्राय क्रिसमस र नयाँ वर्षहरुमा प्रयोग गर्ने गरिएको छ । विशेषगरी बेलायत, आयरल्याण्ड लगायतका देशमा पेन्टोमाइमको प्रयोग भएको पाइन्छ ।

पेन्टोमाइमको सुरु १६औं शताब्दीमा आएको मानिन्छ । सरल भाषामा पेन्टोमाइमलाई माइम भनेर पनि बुझ्ने गरिन्छ । पेन्टोमाइममा कलाकारले आफ्नो शारीरिक हाउभाउबाट अभिनय गरेर दर्शक  हँसाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?