प्रदेश नं २ का २ मन्त्रीको जिम्मेवारी हेरफेर

लोकपथ
117
Shares

काठमाडौं । प्रदेश नं २ को मन्त्रिपरिषद् हेरफेर भएको छ ।

आइतबार मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ । भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ । तर जिम्मेवारी हेरफेर गर्नाले कामकारबाहीमा असर पुग्ने भन्दै आपत्ति जनाएका छन् ।

यता निर्वतमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने सरकारको कामकारबाही चुस्तदुरुस्त बनाउनका लागि मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?