धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवासमा आईतबार गौरा भित्र्याईएको छ ।
नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले विशेष पुजाआजा सहित गौरा भित्र्याएकी हुन ।
धार्मिक अनुष्ठानसहित गौरा भित्र्याउँदै डा. देउवाले आफुले विहेपछि हरेक वर्ष गौरा मनाउने गरेको बताईन । उनले गौरा पर्व सुदूरपश्चिमेलीहरूको गौरव भएको चर्चा गरिन ।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । आठ प्रजातिका वनस्पतिहरू (धान, साउँ, पाती, कुर्जो, दुबो, कुस, तिल र अफामार्ग) बाट गौराको मूर्ति बनाइन्छ । नौ प्रकारका प्राकृतिक वनस्पतिबाट बनेकाले यसलाई नवदुर्गाको प्रतिक मान्ने गरिन्छ । यहि नौ प्रकारका वनस्पतिबाट बनेको मूर्ति भगवती अर्थात पार्वतीको मूर्ति हो । यसलाई गरगहना लगाएर खेतबाट बाजागासहित गौरा घरमा भित्राईन्छ ।
गौरालाई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै भारतको उत्तराखण्ड प्रदेशको कुमाउ र गढवालमा पनि मनाउने गरिन्छ । गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया