माधवकुमार नेपाल भन्छन्- ‘छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ’

लोकपथ
77
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

आइतबार संसदीय दलको बैठक पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको भन्दै अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । उनले भने– ‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनु परेन । विभिन्न पार्टीहरु भित्र छलफल, परामर्श, चलिराछ । सबै आन्तरिक रुपमा पनि कतिपय कामहरुमा जुट्नु भएको छ । कसैको महाधिवेशन छ । कोही पार्टी निर्माणको क्रममा जुट्नुभएको छ । कोही पार्टी बिस्तारको क्रममा जुट्नुभएको छ । यो सबै कारणले गर्दा स्थिति बनेको हो । अब छिट्टै यसको पनि निराकरण हुनेछ । अब छिटो भन्दा छिटो हुन्छ ।’

अध्यक्ष नेपालले कोही महाधिवेशन तयारीमा जुट्नु परेको र कोही पार्टी निर्माण र विस्तारकै क्रममा रहेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?