एमाले र जसपाबाट छुट्टिएका जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ सम्म

लोकपथ
195
Shares

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेश सभा सदस्य र जनप्रतिनिधिले आगामी भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन् ।

सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय जनप्रतिनिधिहरुले २१ दिनभित्र नयाँ दल रोज्नुपर्ने प्रावधान रहेको छ । सोही अनुसार निर्वाचन आयोगले आगामी भदौ २२ गतेसम्म नयाँ रोज्नका लागि आह्वान गरेको हो ।

आयोगका अनुसार प्रदेश सभाका सदस्यहरुले प्रदेश निर्वाचन आयोग कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा दलको बारेमा सनाखत गर्न पाउनेछन् ।

दल सनाखतका लागि जाने प्रदेश सभा सदस्यहरु वा जनप्रतिनिधिहरुले सक्कल नागरिकता वा मतदाता परिचय पत्र, निर्वाचित भएको वा प्रदेशसभा र स्थानीय तहबाट जारी भएको छ परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्नेछ ।

गत भदौ १ गते सरकारले केन्द्रीय कमिटी वा संसदीय दलबाट ४० प्रतिशत पुर्याएमा नयाँ दल खोल्न पाउने व्यवस्था गरेको छ । सोही अनुसार एमालेबाट माधवकुमार नेपाल र जसपाबाट महन्थ ठाकुर छुट्टिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?