काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाएका छन् ।
आज बसेको बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन गरेसँगै नेकपा (एकीकृत समाजवादी)ले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको बताए ।
निर्वाचन आयोगबाट मान्यता पाएसँगै आज बसेको पहिलो संसदीय दलको बैठकले नेता नेपाललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको छ । भने राष्ट्रिय सभाको संसदीय दलको नेतामा राष्ट्रिय सभा सदस्य वेदुराम भुसाल चयन भएका छन् । त्यसैगरी अन्य पदाधिकारीहरु भने पछिल्ला दिनहरुमा चयन गर्दै जाने सांसद खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया