माधवकुमार नेपालको भनाइप्रति भीम रावलको कटाक्ष

लोकपथ
572
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइप्रति टिप्पणी गरेका छन् ।

नेपालले आफूलाई केही नेताहरुले नयाँ पार्टी गठनका लागि उचालेर पछि साथ नदिएको सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति नेता रावलले प्रतिकृया जनाएका हुन् ।

ट्वीट गर्दै नेता रावलले कोही नेता अगाडी धकेल्दा धकेलिए झैँ पछाडी फर्काउन खोज्दा किन नफर्किएको भन्दै टिप्पणी गरे ।

द्वन्दको स्थितीमा अलग्निे मनस्थिती हुने भएर अलग्गिने मनस्थिती भएजस्तै एक भएपछि मेलमिलाप गर्ने कुरा मुख्य हुने बताए ।

उनले भनेका छन्-‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’

पार्टी विभाजन हुनुपूर्व नेपाल कित्तामा देखिएका नेता रावलसहितका सांसदहरुले पार्टी विभाजन हुँदा नेपाललाई साथ दिएनन् । सोही प्रशंगमा नेता नेपालले आफ्नै साथीहरुले धोका दिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?