काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
आज बसेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा चयन गरेको हो ।
त्यसैगरी आज बसेको बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यसैगरी अन्य पदाधिकारीहरु भने पछि चयन गरिने बताइएको छ ।
बैठकले संसदीय दलको विधान मस्यौदा समिति समेत बनाएको छ । उक्त समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरुदेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया