होटलमा लगी १५ वर्षीया किशोरीमाथि पटक-पटक बलात्कार

लोकपथ
2.5k
Shares

काठमाडौं । म्याग्दीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-५ बस्ने १५ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म बेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगी ती किशोरले पटक-पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?