नम्बर प्लेट नभएको मोटरसाइकल चेक गर्दा…

लोकपथ
203
Shares

पर्सा । जिल्लाको जगरनाथपुर गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्सा धोबिनी गाउँपालिका-२ गुलरिया टोल बस्ने ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि लुकाई ल्याएको उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि मोटरसाइकल चालक गिरी र मोटरसाइकल सवार पटेललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?