मन्त्रीमण्डल विस्तारबारे छलफलमा जुटे सत्ता गठबन्धनका शीर्ष नेताहरु

लोकपथ
195
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु मन्त्रिपरिषद् विस्तारबारे छलफलमा लागेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रीमण्डल विस्तारबारे छलफल भएको हो । आजको बैठकमा सत्ता साझेदार दल जनता समाजवादी (जसपा) भने सहभागी थिएन ।

नेपालले नयाँ दल दर्ता नगरेको कारण मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन ।

भदौ ९ गते निर्वाचन आयोगबाट नेपालले नयाँ दलको मान्यता पाएसँगै नेपाल पक्षले सरकारमा जानेबारे तयारी थालेको हो । यता आज नै एकीकृत समाजवादीले माधव नेपाललाई संसदीय दलको नेता चयन गर्ने भएको छ ।

सरकार गठन भएको साढे १ महिन बित्दासमेत मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै देउवा नेतृत्वको सरकारको विरोध भइरहेको छ । यसैक्रममा अब छिट्टै मन्त्रीमण्डल विस्तार हुने बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?