७ चैत्र २०७९, मंगलवार

अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

२०७४,आश्विन,२३,सोमवार ०६:२६

0
Shares

काँकडभिट्टा, २३ असोज ।जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् ।झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो ।अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ला कारागार झापा चलान गरिएको छ ।जिल्ला अदालतका पाँचैजना न्यायाधीश निर्वाचन आयोगको तालिममा गएका बेला श्रेस्तेदार इन्द्रहाङ योङहाङले गरेको थुनछेक बहसपछि डेढ करोड रुपैयाँ धरौटी रकम माग गरिएको थियो ।सोही रकम बझुाउन नसक्दा उनी कारागार चलाउन भएको श्रेस्तेदार योङहाङको भनाइ छ ।यसअघि नै अपहरण प्रकरणमा संलग्न भनिएका तत्कालीन सञ्चार मन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य, अजर राई, राजु कुँवर र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन नायब सुब्बा तेजिन्द्र न्यौपाने धरौटी रकम बुझाएर सादा तारखेमा छुटिसकेका छन् ।विष्टले २०७३ माघ १३ गते विर्तामोडको एभरेष्ट होटलबाट आफूलाई अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक बनाएर जग्गा हडपेको भन्दै इलाका प्रहरी कार्यालय विर्तामोडमा चैत २५ गते जाहेरी दिएका थिए ।सोही निवेदनका आधारमा प्रहरीले अन्यलाई पक्राउ गर्न सफल भए पनि पत्रकार पुजन आचार्य भने फरार रहेका थिए ।अदालतबाट आरोप पुष्टि भए मानव अपरहण तथा शरीर बन्धक मुद्दामा सात वर्षदेखि १५ वर्षसम्म जेल र रु ५० हजारदेखि दुई लाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको श्रेस्तदार याङहाङको भनाइ छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०६:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी

काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित विमान अपहरणविरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६