पूर्वप्रधानमन्त्री खनाल आज नेपाल फर्किँदै

लोकपथ
245
Shares

काठमाडौं । स्वास्थ्य उपचारपछि नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल आज नेपाल फर्किने भएका छन् ।

भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौलाको उपचारपछि नेता खनाल आज अपरान्ह नेपाल फर्किन लागेका हुन् ।

मिर्गौलामा जटिल समस्या देखिएपछि नेता खनाल गत असार २ गते परिवारका साथ दिल्ली गएका थिए ।

स्वास्थ्यलाभपछि नेता खनाल नेपाल फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?