साथीहरुसँगको पार्टीमा करीना कपूरको ‘स्टनिङ लुक्स’

लोकपथ
420
Shares

काठमाडौं । बलिउड नायिका करीना कपूरले आफ्नो ‘गर्ल ग्याङ’सँगको तस्बिर अपलोड गरेकी छिन् । करीना कपूरले बेलाबेला आफ्नो साथिहरुसँग समय बिताउने गरेकी छिन् ।

उनले हालै आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा करिश्मा कपूर, मल्लिका भट्ट, मलाइका अरोडा र अमृता अरोडासँगको तस्बिर अपलोड गरेकी छिन् ।

नाइट पार्टीको फोटो अपलोड गरेपछि उनको तस्बिरमा मन पर्यो भन्ने रियाक्टहरु धेरै आएका छन् ।

पार्टीमा करीना निकै नै ‘स्टनिङ आउट फिट’ मा देखिएकी छिन् । करीनाले सेतो रङको शर्ट र छोटो डेनिम्समा देखिएकी छिन् । फ्यानहरुले उनको गेटअप निकै मन पराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?