काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।
आज बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेतामा चयन गर्न बताइएको छ ।
आजको बैठकले प्रमुख सचेतक तथा सचेतक समेत चयन गर्ने बताइएको छ । नेपाल नेतृत्वबाट सरकारमा सहभागीता नभएको कारण मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन ।
संसदीय दलको नेता छनोटपछि सरकारमा जाने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
बैठक ११ बजे नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया