तेस्रो टेस्टमा भारत इनिङले पराजित

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले तेस्रो टेस्टमा लजास्पद हार बेहोरेको छ।

लिड्सस्थित हेडिङले ओभलमा भएको तेस्रो खेलको चौथो दिनमा भारतले निकै खराब ब्याटिङ प्रदर्शन गर्‍यो। तेस्रो दिनको खेल अन्त्य हुँदासम्म भारतले दोस्रो इनिङमा २१५ रनको स्कोरमा २ विकेट गुमाएको थियो।

Virat Kohli defends one on the off side, England vs India, 3rd Test, Leeds, 3rd day, August 27, 2021

तर चौथो दिनको खेलमा भारतीय टोली २७८ रनमै समेटियो। भारतका लागि चौथो विकेटको लागि ९९ रनको साझेदारी गर्न सफल कप्तान विराट कोहली र चेतेश्वर पुजाराले चौथो दिनको सुरुवात गरेका थिए।

तेस्रो दिनको खेलमा अविजित ९१ रन बनाएका पुजारा चौथौं दिनमा बिना कुनै योगदान पविलियन फर्किए। त्यस्तै लामो समय पछि टेस्ट क्रिकेटमा अर्धशतकीय पारी खेलेका कप्तान कोहली पनि ५५ रनको योगदान दिएर आउट भएका थिए।

Rishabh Pant nicks off, England vs India, 3rd Test, Headingley, 4th day, August 28, 2021

त्यसपछि कुनै पनि ब्याट्सम्यानले भारतीय पारी सम्हाल्न सकेनन् र भारत २७८ रनमा अलआउट हुन पुग्यो। पहिलो इनिङमा ७८ रनमा समेटिएको भारतविरुद्ध इङ्ल्यान्डले आफ्नो पहिलो इनिङमा ४३२ रनको विशाल योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा पनि भारतले खराब ब्याटिङ गर्दा खेलमा एक इनिङ र ७६ रनले पराजय भोगेको छ। खेलमा ७ विकेट लिएका इंग्लिश बलर ओली रोबिनसन ‘म्यान अफ दि म्याच’ घोषित भए।

Virat Kohli walks off as England celebrate his wicket, England vs India, 3rd Test, Headingley, 4th day, August 28, 2021

यस जितसँगै इङ्ल्यान्डले ५ खेलको शृंखलामा १-१ को बराबरी गरेको छ। यी दुईबीच पहिलो खेल बराबरीमा टुङ्गिदा दोस्रो खेलमा भारत विजयी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?