बेटिसमाथि रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौं। स्पेनिश ला-लिगा अन्तर्गत शनिवार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई १-० गोलले पराजित गरेको छ।

बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिन स्टेडियममा करिब २३ हजार दर्शकबीच खेलिएको खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका थिए। दुवै टोलीले लगभग ५० प्रतिशत बल आ-आफ्नो कब्जामा राख्दा गोल गर्ने प्रयास पनि बारम्बार गरेका थिए।

Matchday LIVE: Man City vs Arsenal, Liverpool vs Chelsea, plus Bayern,  Juventus & Real Madrid in action | Goal.com

त्यसको बावजुद पहिलो हाफको खेल गोलरहित बराबरीमा अन्त्य भएको थियो। दोस्रो हाफमा भने पाहुना टोली रियल मड्रिडले खेलमा अग्रता लिन सफल भयो। खेलको ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा ड्यानी कारभाहालले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए।

निर्णायक ९० मिनेटको खेलमा अरु गोल हुन नसक्दा कारभाहालकै गोल निर्णायक गोल बन्न पुगेको थियो। यस जितसँगै रियल मड्रिड तीन खेलमा सात अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

Real Betis 0-1 Real Madrid: Results and Player Ratings - La Liga 2021/22 -  Ruetir

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?