रोनाल्डोबिनाको पहिलो खेलमै युभेन्टस पराजित

काठमाडौं। इटालियन सिरी-ए अन्तर्गत गएराति खेलिएको खेलमा बलियो टोली युभेन्टसले एम्पोलीसँग १-० गोलको हार बेहोरेको छ।

युभेन्टसको घरेलु मैदान एलियान्ज एरेनामा यसै सिजन बढुवा भएर आएको एम्पोलीविरुद्धको खेलमा घरेलु टोलीले पराजय भोगेको छ। आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको बहिर्गमनपछिको पहिलो खेलमा युभेन्टस गोल गर्न असफल रह्यो।

Kết quả Juventus - Empoli: Đòn đau phút 21, nỗi nhớ Ronaldo (Vòng 2 Serie A)

दुवै टोलीले निकै नै प्रतिस्पर्धात्मक खेलको नमुना प्रस्तुत गरे पनि घरेलु टोलीले प्रहार गरेको १८ शट मध्ये कुनै पनि प्रहारले जाली चुम्न भने सकेन। उता पहिलो हाफको २१औं मिनेटमा एम्पोलीले खेलमा अग्रता लिन सफल भएको थियो।

एम्पोलीका कप्तान तथा स्ट्राइकर लियोनार्डो मानकुसोले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता लिन सफल पाहुना टोलीले दोस्रो हाफमा निकै संयमित खेल प्रदर्शन गर्दा युभेन्टसलाई गोल गर्ने कुनै पनि मौका दिएन।

La Juve? Un disastro - Ticinonline

नयाँ सिजनमा एम्पोलीको यो पहिलो तीन अंक रहेको छ। उता बलियो टोली युभेन्टस भने दुई खेलमा अझै जितविहिन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?