जनचाहना पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री कार्की

लोकपथ
84
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिका–४ बैठारबाट कुटीपुल हुँदै बराहक्षेत्र नगरपालिकाको जीतपुर जोड्ने सडक आज शिलान्यास गर्दै उनले विकासको जनचाहना पूरा गर्न सरकार क्रियाशील रहेको बताए । उनले भने, “ जनताका विकासका चाहना सम्बोधन नभए उनीहरूले राजनीतिक दल र सरकारको विश्वास गर्दैनन् ।” अहिले सरकारले सडक निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेकाले निर्धारित समयभित्र काम पूरा हुने उनले विश्वास व्यक्त गरे ।

आगामी १५ महिनाभित्र निर्माण सम्पन्न हुने गरी ३० करोड रुपैयाँ लागतमा ठेक्का पाएको सहरी विकास भवन निर्माण सङ्घीय कार्यान्वयन एकाइ कार्यालय विराटनगरका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?