काठमाडौंसहित विभिन्न स्थानबाट ७ जना मृत फेला

लोकपथ
196
Shares

काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानबाट ७ जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ५ जम्बुडाँडास्थित संजय शाहको कबाडी कारखानामा काम गरी बस्ने बारा ईनरुवा घर भएका ४७ वर्षीय शेशमुखी आलम मृत फेला परेका छन् । उनी सुतेको ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कीर्तिपुर नगरपालिका – १० स्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ललितपुरको बागमती गाउँपालिका – ७ गिम्दी सुभाने खोलाको बीचको ढुंगामा सोही ठाउँ बस्ने २८ वर्षीया अञ्जु सिङताङ शुक्रबार राति मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी पाल्पाको निस्दी गाउँपालिका – ४ चिउरीबास बस्ने ५८ वर्षीय खड्ग सिंह बिक सोही ठाउँस्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, ब्यास नगरपालिका – ३ दुर्गा मन्दिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता बर्दियाको बारबर्दिया नगरपालिका – ९ खल्ला कतर्निया बस्ने ६० वर्षीय दल बहादुर बिक आफ्नै घर अगाडिको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कञ्चनपुरको शुक्लाफाँट नगरपालिका – ७ शुक्लाफाँट राष्ट्रिय निकुञ्जभित्र सोही नगरपालिका(६ बस्ने ४० वर्षीय चेतराम राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?