हत्या गरिएकी भट्टका परिवारलाई आर्थिक सहयोग

लोकपथ
399
Shares

बैतडी । बैतडीकी हत्या गरिएकी भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

च्यारिटी म्याचका सहभागीहरुले व्यक्तिगत सहयोग गरी उठेको दुई लाख ७० हजार आठ सय ४० रुपैयाँ रकम भागरथीका परिवारलाई शनिबार सहयोग गरिएको हो ।

नेपालिज असोसिएसन अफ भिक्टोरिया (न्याभ), गैरआवासीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा भट्टका परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गरिएको थियो ।

जसमा न्याभ– ११ र एन आर एन ए– ११ टिम बीच प्रतिस्पर्धा भएको थियो । मल्टीडाइनामिक रिअल स्टेटको सहकार्यमा शनिबार एक समारोहको आयोजना गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भागरथीका परिवार कृष्ण भट्टमाफर्त आमा द्रोपती भट्टलाई हस्तान्तरण गरेका हुन ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले भागरथी हत्या घटना जघन्य अपराध रहेको बताउँदै भने,‘यस्ता जघन्य अपराध हुन नदिन सभ्य समाजको निर्माण गरिनुपर्छ । यसमा हामी सबैको भुमिका आवश्यक रहेको छ ।’

उनले प्रदेश सरकारले हत्या, हिंसा, बलात्कार जस्ता घटना हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिरहेको बताए ।

उनले भने, ‘भागरथी हत्या घटनामा संलग्न अपराधी कानुनी कठघरामा रहेको छ । यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर प्रदेश सरकार लागि रहेको छ ।’

सनातन माध्यमिक विद्यालय कक्षा १२ मा पढ्रिहेकी भागरथी माघ २१ गते बुधबार विद्यालयबाट घर हि“ड्दा वेपत्ता भएकी थिइन । माघ २२ गते हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?