काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न ओमानमा छ । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
नेपाली टिम ओमानमा अहिले अभ्यासमा व्यस्त रहेको छ । सिरिजको खेल तालिकासमेत सार्वजनिक भएको छ । नेपालले पहिलो खेल अमेरिकासँग खेल्नेछ।
नेपाल र अमेरिकाबीचको खेल २८ भदौमा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेदेखि सुरू हुनेछ। नेपालले दोस्रो खेल २९ भदौमा ओमानविरुद्ध, तेस्रो खेल अमेरिकाविरूद्ध १ असोजमा र अन्तिम खेल नेपालले ३ असोजमा ओमानविरूद्ध खेल्ने छ।
हेर्नुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास :












तस्बिर : क्यान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया