भारतीय विश्लेषकले गरे पछिल्ला भ्रमणमध्येकै ‘महत्त्वपूर्ण’ टिप्पणी

नयाँ दिल्ली, २७ चैत — प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई भारतीय नेता तथा विश्लेषकले पछिल्ला भ्रमणमध्येकै ‘महत्त्वपूर्ण’ टिप्पणी गरेका छन् । उनीहरूले नेपाललाई पहिलो प्राथमिकतामा राख्न र संयमित भएर अघि बढ्न भारतलाई सुझाव दिएका छन् ।‘नयाँ अध्यायबाट सम्बन्ध अघि बढाउने’ धारणा राख्दै आएका ओलीको यो भ्रमणले नेपाल–भारत सम्बन्ध पुनर्भाषित हुने र नयाँ ढाँचामा अघि बढ्ने अपेक्षासमेत गरिएको छ । प्रधानमन्त्री ओली तीनदिने राजकीय भ्रमणबाट आइतबार फर्केका हुन् ।भारतीय विश्लेषक सी राजा मोहनले भारतले नेपाललाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।भारतीय अखबार ‘इन्डिइन एक्सप्रेस’ मा आफ्नो एक लेखमार्फत उनले असमझदारी अन्त्य गर्न ठूलो राष्ट्रले नै भूमिका निर्वाह गर्नुपर्ने सुझाएका हुन् । नेपाल–भारत सम्बन्धमा भारतले नै संयमता अपनाउनुपर्ने उनको राय छ । नेपालबाट ‘भारत प्रथम नीति’ होइन, प्रधानमन्त्री मोदीले ‘नेपाल प्रथम नीति’ लिएर खुला सहयोग गर्नु जरुरी रहेको उनले उल्लेख गरेका छन् । भएका सहमति कार्यावन्यनमा जान सके पनि नेपालको आर्थिक विकास तथा समृद्धिमा नयाँ आयाम थपिने विश्वास उनीहरूको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?