विराटनगर । प्रदेश १ मा नेकपा (एमाले) का १० सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (समाजवादी)मा जाने भएका छन् । स्रोतका अनुसार विराटनगरमा शुक्रबार साँझ बैठक बसेर १० जनाले समाजवादीमा जाने सामूहिक निर्णय गरेका हुन् ।
प्रदेश सांसद उपेन्द्र घिमिरेका अनुसार अहिले तटस्थ बसेर केही दिनभित्रै नयाँ दल एकिकृत समाजवादी रोजेको जानकारी गराएर सनाखतका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ ।
आफूसहित भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, संखुवासभाकी पदमकुमारी गुरुङ, सरीता थापा र उदयपुरकी सुनीता चौधरीले एमालेमा नबस्ने निर्णय गरेको घिमिरेले बताए ।
मोरङबाट प्रदेशसभा सदस्यमा निर्वाचित घिमिरे विगतदेखि नै नेपाललाई साथ दिँदै आएका सांसद हुन् । सांसदको यो निर्णयसँगै गत बिहीबार मात्रै मुख्यमन्त्री बनेका एमाले सचिव एवं प्रदेश इन्चार्ज भीम आचार्य नेतृत्वको सरकार संकटमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया