‘अघिल्लो महिना नेपालमा पुष्टि भएका संक्रमणमध्ये ८० प्रतिशतमा डेल्टा भेरिएन्ट’

लोकपथ
84
Shares

काठमाडौं । गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कुल संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट भेटिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कुल संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट भेटिएको पुष्टि गरेको छ ।

सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ ।साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो हुने पाइएको समेत जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओं)ले डेल्टालाई भेरिएन्ट अफ कन्सर्न अर्थात संक्रामक भाइरसको सूचीमा राखेको छ । यो भेरियन्टबाट बढी वयस्कहरु जोखिम रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?