काठमाडौँ, २७ चैत- सरकारले श्वेतपत्रमार्फत मुलुकको आर्थिक अवस्था नकारात्मक रूपमा प्रस्तुत गरेर जनतामा निराशा पैदा गरेको आरोप प्रमुख विपक्षी कांग्रेसले लगाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा श्वेतपत्र प्रस्तुत गरेको १० दिनपछि कांग्रेसले २४ बुँदे आधिकारिक प्रतिक्रिया दिएको हो । अर्थमन्त्री खतिवडाले १६ चैतमा संसद्मा ७४ बुँदे श्वेतपत्र पेस गरेका थिए ।अर्थतन्त्रका सकारात्मक सबै पाटाबारे नजरअन्दाज गरेर अतिरञ्जित रूपमा श्वेतपत्र प्रस्तुत गर्दा जनतामा निराशा छाएको कांग्रेसको टिप्पणी छ । उसले सरकारको श्वेतपत्रलाई ‘लालपत्र’को संख्या दिएको छ, नयाँ पत्रिकामा खबर छ ।कांग्रेसले आफ्नो नेतृत्वको सरकारका पालामा गरेका कामको तथ्यांक नै प्रस्तुत गरेको छ : विसं. २०४८ विंस. २०७३१ गरिबीको रेखामुनि रहेका जनसंख्याको प्रतिशत ४९ २१२ साक्षरता (प्रतिशत), १५–२४ उमेर समूह ५० ९०३ प्राथमिक विद्यालयमा खुद भर्नादर (प्रतिशत) ६४ ९७४ माध्यमिक विद्यालयको संख्या १,९५९ ३,५९६५ उच्च शिक्षामा महिला र पुरुषको अनुपात १ः३ १ः१६ औसत आयु ५४ ७१७ चिकित्सा र इन्जिनियरिङ विद्यार्थी संख्या (स्नातक तह) ५७९ ३७,१३०८ स्वास्थ्यचौकीको संख्या १,०९८ ४,११६९ शिशु मृत्युदर (प्रति १,००० जीवित जन्म) १०८ ३३१० मातृ मृत्युदर (प्रति १ लाख जीवित जन्म) ८५० २५८११ खानेपानीको सुविधा पुगेको जनसंख्याको प्रतिशत ३६ ८४१२ शौचालय र सरसफाइ पुगेको जनसंख्याको प्रतिशत ६ ८११३ ऊर्जा शक्ति २२७ मे.वा. ८५१ मे.वा. (अर्को २ वर्षमा २३००)१४ विद्युत्मा पहुँच पुगेको जनसंख्याको प्रतिशत ९ ७४१५ सडक (सबै खालका) ७,३३० किमि ८१,३७१ किमि१६ सडक (कालोपत्रे र ग्रावल) ४,६१६ किमि ३२,६३९ किमि१७ सिँचाइ (हेक्टर) ५.४ लाख १४ लाख१८ टेलिफोन ७१,५६० २७,८५०,००० (मोबाइल)१९ बैंकिङ तथा वित्तीय संस्थाहरूको संख्या ५ ११७२० कुल गार्हस्थ उत्पानमा राजस्वको अनुपात (प्रतिशत) ९ २१२१ बजेटमा विदेशी अनुदान र ऋणको अनुपात (प्रतिशत) ४५ १५२२ वनले ढाकेको क्षेत्र (कुल क्षेत्रफलको प्रतिशत) ३७ ४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया