कांग्रेस नेता बस्नेतले दिए सभामुखलाई अपराधीको संज्ञा

लोकपथ
1.7k
Shares

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संघीय संसदका सभामुख अग्नि सापकोटालाई अपराधीको संज्ञा दिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका बस्नेतले देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यासका क्रममा उनले सभामुख सापकोटाबारे विवादित अभिव्यक्ति दिएका हुन् ।

त्यस्तै उनले सापकोटा छिट्टै जेल जाने दावी पनि गरेका छन् । सरकारी जग्गा कीर्ते गरेको र अर्जुन लामाको हत्या प्रकरणमा सापकोटा जेल जाने उनले बताए ।

अहिले गठबन्धनको सरकार छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त गरी गठबन्धनले सरकार चलाइरहेको छ । एक महिनाभन्दा बढी समय वित्दापनि सरकारले पूर्णता पाउन सकेको छैन् । यसैबीच गठबन्धनभित्र खटपट सुरु भएको संकेतहरु देखिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?