सुनसरीमा म्याजिक फिल्म हलमा आगलागी

लोकपथ
112
Shares

काठमाडौं । सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको छ ।

विद्युत सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट सिनेमा हल पूर्ण रुपमा नस्ट भएको छ । बिहान ८ बजे देखि लागेको आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो ।

साइराम मार्केटको भवनमा रहेको म्याजिक सिनेमा हल झुम्काको एक मात्र फिल्म हल हो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, दमकल र स्थानीयबासी लागिपरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?