पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय जनताको पोस्टर चोरेको समाचार बाहिरिएको छ । जसकारण उनी अहिले विवादमा तानिएका छन् ।
आफ्नो सरकारको प्रचार गर्नका लागि सार्वजनिक गरिएका पोस्टर र ब्यानरमा भारतीय जनताको फोटो समावेश गरेको आरोप विपक्षीहरुले प्रधान खानमाथि लगाएका हुन् ।
बुधबार विशेष कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री इमरान खान आफैंले पोस्टर र ब्यानर सार्वजनिक गरे । अहिले यी ब्यानर र पोस्टरले उनलाई विवादमा तानेको छ । यस पोस्टरमा भारतीय जनताका तस्बिरहरु दुरुपयोग गरिएको आरोप पाकिस्तान मुस्लिम लिगकी सांसद् र पूर्वमन्त्री मरियम औरंगजेबले लगाएकी छिन् ।
पाकिस्तानमा खान प्रधानमन्त्री चुनिएको तीन वर्ष पुगेको छ । यस अवसरमा उनले आफ्ना उपलब्धिबारे जनतालाई जानकारी दिन र आफ्नो पार्टी पिटिआईको प्रचार गर्नका लागि पोस्टर, ब्यानर र पर्चा छपाउन लगाएका थिए । आगामी चुनावको तयारीलाई समेत मध्यनजर गरेर यस्तो गरिएको थियो ।
ट्वीटमार्फत मरियमले यस्तो आरोप लगाएकी हुन् । उनका अनुसार इमेजबजार डटकम नामक भारतीय वेबसाइटबाट यी तस्विर तानिएका हुन् । ‘देशमा बेरोजगारी र महँगी यति धेरै बढेको छ कि सरकारलाई झुठ बोल्नका लागि भारतका तस्विरहरुको सहारा लिनु परिरहेको छ । अब त प्रमाण बाहिर आइसकेको छ । पाकिस्तानको खुसीको तस्बिर सरकारले कसरी ल्याओस् रु यदी यो सरकारले केही काम गरेको हुन्थ्यों भने भारतीयको तस्बिरको प्रयोग किन गरिन्थ्यों रु यो चोरको सरकार हो, जसले चोरेर काम चलाइरहेको छ,’ मरियमले लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया