सुरु भयो असारे विकास, हतारमा अर्बौं खर्चिंदै

काठमाडौं, २७ चैत- करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ को रिहर्सल सुरु गरेका छन्। देशभर विभिन्न मन्त्रालयअन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ।आर्थिक वर्ष ०७४÷७५ को सुरुदेखि नै थालनी गर्नुपर्ने विकास आयोजना अन्तिम समयमा तयारी गर्ने परम्परा यसपटक पनि सुरु भएको छ। विभिन्न स्थानीय तहले पनि आफ्नो क्षेत्रमा असारे विकासको कार्यक्रम हतारमा सुरु गर्न थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।वर्षभरमा सक्नुपर्ने विकास आयोजना आर्थिक वर्षको अन्तिम समयमा आएर हतारमा सक्ने र फाइदा लुट्ने प्रवृत्तिलाई प्रशासन क्षेत्रमा ‘असारे विकास’ ले परिचित छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?