यी बलिउड स्टार जसले आफ्नो पार्टनरको नामको ट्याटू खोपे

लोकपथ
1.7k
Shares

काठमाडौं । आफ्नो पार्टनरलाई कति माया गरिन्छ यो कुरा जान्न धेरै तरिकाहरु छन् । यसैबीच माया प्रेममा आज भोली ट्याटू बनाउने प्रचलन बढेर गएको छ ।

धेरै बलिउड स्टारहरुले आफ्नो पार्टनरको नामको ट्याटू बनाएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण देखी बलिउड स्टार सैफ अलि खानले आफ्नो पार्टनरको नामको ट्याटू बनाएका छन् ।

सैफ अलि खान :

सैफ अलि खान र करीना कपूर बलिउडको ट्रेन्डीङ कपल हो । सैफ अलि खानले विवाह अगाडी नै आफ्नो हातमा करीनाको नाम आफ्नो हातमा ट्याटू खोपेका थिए ।

सैफ अली खान और करीना कपूर

दीपिका पादुकोण :

अभिनेत्री दीपिका पादुकोण र बलिउड स्टार रणबीर कपूरको लभ स्टोरी निकै चर्चामा रहेको थियो । दीपिकाले उनीहरु प्रेममा रहँदा आर केको ट्याटू बनाएकी थिइन् ।

दीपिका पादुकोण

ऋतिक रोशन :

बलिउड स्टार ऋतिक रोशन र सुजैन खान अहिलेसँगै छैनन् । तर ऋतिक रोशनले सुजैनको नामको ट्याटू खोपेका थिए ।
ऋतिक रोशनले उक्त ट्याटू खोपेर सुजैनलाई सर्प्राइज दिएका थिए ।

ऋतिक रोशन

सन्जय दत्त : 

सन्जय दत्त र मान्यता दत्तको जोडी मोस्ट एडोरेबल कपल भनेर चिनिने गरेका छन् । मान्यताले पनि सन्जय दत्तको नामको ट्याटू खोपेकी छिन् ।

मान्यता दत्त और सजंय दत्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?