प्रियंका चोपडा घाइते, कस्तो छ स्वास्थ्य अवस्था ?

लोकपथ
7.4k
Shares

काठमाडौं । ग्लोबल आइकन प्रियंका चोपडा सुटिङका क्रममा घाइते भएकी छिन् । आफ्नो आगामी हलिउड सीरीज सिटाडेलको सुटिङका क्रममा उनी घाइते भएकी हुन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक तस्बिर अपलोड गर्दै आफू घाइते भएको जानकारी दिएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । उनले टाउकोमा रगत आएको तस्बिर अपलोड गरेकी छिन् ।

हाल उनी रेस्टमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?