क्रिस्टियानो रोनाल्डो र म्यान्चेस्टर युनाइटेडको पुरानो प्रेम कथा

काठमाडौं। क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेडका खेलाडी हुन्। सुन्दा सन् २००७ तिरको कुरा जस्तो लाग्छ, तर सन् २०२१ मा फेरि एक पटक यथार्थ बनेको छ, रोनाल्डो र युनाइटेडको पुनर्मिलन।

लियोनल मेस्सीको गाथा अन्त्य भएको केही साता पश्चात् पालो आएको छ फुटबलका अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोको ट्रान्सफर कथाको। फुटबल जगतका दुई सबैभन्दा ठूला स्टार एउटै सरुवा बजारमा नयाँ क्लब गएका छन्। सन् २०२१/२२ को गृष्मकालीन सरुवा बजारमा अकल्पनीय कारोबार देखियो। यस्तो शायदै पहिले भएको थियो।

शुक्रवार इटालियन क्लब युभेन्टसका मुख्य प्रशिक्षक मास्सीमिलानो एलेग्रीले रोनाल्डोले युभेन्टस छाड्ने जानकारी गराएको केही समयमै रोनाल्डोको नयाँ गन्तव्यको जानकारी प्राप्त भयो। रोनाल्डोको गन्तव्य नयाँ रहेनछ, उनी त घर फर्किएका रहेछन।

हो, यदि म्यान्चेस्टर युनाइटेड हुने थिएन भने हामीले ब्राजिलका रोनाल्डोलाई मात्र चिन्ने थियौँ होला। युनाइटेड त्यही क्लब हो जसले क्रिस्टियानो रोनाल्डोको जर्सीबाट ‘सी’ हटायो, उनको पहिचान ‘सी रोनाल्डो’बाट रोनाल्डो बनायो, उनलाई विश्वविख्यात खेलाडी ‘सीआर७’ बनायो।

TCR. on Twitter: "Cristiano Ronaldo is set to equal Luís Figo's record of 127 caps for Portugal. 👏👏👏 🇵🇹 #PORISL #EURO2016 https://t.co/mC3yjKS1H4"

इंग्लिश प्रिमियर लिगकै सबैभन्दा सफल प्रशिक्षक सर एलेक्स फरगुसनले रोनाल्डोलाई सन् २००३ मा पोर्चुगिज क्लब स्पोर्टिङ्ग लिजबनबाट भित्र्याएका थिए। रोनाल्डोले बोल्टनविरुद्ध डेब्यू गर्दा शायदै कसैले सोचेका थिए म्यान्चेस्टर युनाइटेडले डेभिड बेक्याम पछि जर्सी नम्बर ७ मा कुनै सुपरस्टारलाई जन्म दिँदैछ भन्ने बारे।

रोनाल्डोको ६ वर्ष युनाइटेड बसाईको बयान गरेर साध्य छैन। उनले सो दौरान तीन प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, दुई लिग कप तथा फिफा क्लब विश्वकप उपाधि त जिते नै, उनको जीवनको पहिलो व्यक्तिगत माइलस्टोन पनि सन् २००८ मा युनाइटेडमै रहँदा उनलाई प्राप्त भयो।

उनी मात्र २३ वर्षको थिए, जब उनले आफ्नो पहिलो बलोन डे ओर जिते। रोनाल्डो लामो रेसको घोडा रहेछन् भन्ने जानकारी पनि धेरैले त्यस बेला नै थाहा पाएका थिए। सन् २००९ मा रोनाल्डो र युनाइटेडको यात्रा अन्त्य भयो। रियल मड्रिड जस्तो ठूलो क्लबले रोनाल्डो जस्ता खेलाडीलाई भित्र्याउन खोज्नु, नौलो कुरा थिएन।

रोनाल्डोको चाहना पनि त्यही नै थियो। उनी ठिकैठिकैमा रमाउने मान्छे थिएनन्। यति भन्दा म्यानचेस्टर युनाइटेडलाई सानो क्लब भनेको होईन, तर रियल मड्रिडबाट फुटबल खेल्न पाउनु सबै खेलाडीको सपना हुने गर्दछ।

Cristiano Ronaldo's place at risk if Eden Hazard joins Real Madrid, says Terry Gibson | Football News | Sky Sports

त्यसमाथि जसको सपना नै रियल मड्रिड जस्तो क्लबको सबैभन्दा महान् खेलाडी बन्ने थियो, उनलाई रोक्न गलत हुन्थ्यो। अन्ततः उनी रियल मड्रिड गए। स्पेनिश क्लब रियल मड्रिडमा उनले एक दशक बिताए। र त्यो एक दशकमा उनले इतिहास रचे। रियल मड्रिडले रोनाल्डो, र रोनाल्डोले रियल मड्रिड, शायदै कहिले यस्तो मिलन फुटबलमा फेरि हुनेछ।

उनी रियल मड्रिड क्लब इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। ४ सय ३८ खेलमा रोनाल्डोले रियलका लागि गरेका ४ सय ५१ गोलको कीर्तिमान शायद अब टोडिनेछैन। उनले रियलसँग चार च्याम्पियन्स लिग, तीन फिफा क्लब विश्वकप, तीन सुपर कप, दुई ला-लिगा, कोपा डेल रे तथा स्पेनिश सुपर कपको उपाधि जिते। अर्थात्, उनले रियल मड्रिडमा सबै कुरा जिते, त्यो पनि पटक पटक।

When I win 8 Ballon d'Ors, it will be clear I'm better than Messi – Cristiano Ronaldo – Citi Sports Online

उनले रियलमै रहँदा चार बलोन डे ओर उपाधि पनि जितेका थिए। सन् २०१८ मा उनी ३३ वर्षको थिए, जब धेरैले उनको करियर खस्किने अनुमान गरे। तर रोनाल्डोको योजना अर्कै थियो। उनी नयाँ चुनौतीको खोजीमा थिए। त्यसैले उनी सन् २०१८ मा इटालीतर्फ लागे। उनले युभेन्टससँग आफ्नो भविष्य देखेका रहेछन्। रोनाल्डो र युभेन्टसको यात्रा कति को सफल रह्यो, बहसयोग्य छ। तर उनको व्यक्तिगत प्रदर्शनमा शायदै बहस गर्ने कुनै स्थान छ।

रोनाल्डोले युभेन्टस किन छाडे?

सन् २०२१/२२ सिजनको सिरी-ए जित्ने दावेदार टोली हो युभेन्टस। यस पटक युभेन्टसले च्याम्पियन्स लिगमा पनि लामो यात्रा गर्ने अनुमान गरिएको छ। यति हुँदा हुँदै पनि किन छाडे त रोनाल्डो ले युभेन्टस ?

रोनाल्डोको नजरबाट हेर्दा

Cristiano Ronaldo to leave Juventus and make Real Madrid return? 'I wouldn't be surprised', says Portugal teammate Jose Fonte

युभेन्टस युरोपको ठूलो मध्येको एक क्लब हो। तर यथार्थ यो पनि हो की युभेन्टस चेल्सी, म्यान्चेस्टर सिटी, पीएसजी र बायर्न म्युनिखको स्तरमा छैन। यस पटकको च्याम्पियन्स लिग दावेदार टोली पनि यी नै हुन्, र यसमा युभेन्टस पर्दैन।

रोनाल्डो पाँच पटक च्याम्पियन्स लिग विजेता हुन्। अर्को दुई उपाधिले उनलाई युरोपियन इतिहासकै सर्वाधिक च्याम्पियन्स लिग विजेता बनाउनेछ। यस प्रतियोगितामा १३४ गोलसहित उनले इतिहासमै सर्वाधिक गोलकर्ताको नाम त लेखिसकेका छन्, तर यसको संख्या उनी अझै बढाउन चाहन्छन्।

रोनाल्डोलाई उनको ब्रान्डले ठूलो असर गर्ने गरेको छ। र उनी इतिहासकै सबैभन्दा महान खेलाडीको रूपमा चिनिन चाहन्छन्। यदि उनले आउँदा दुई तीन वर्ष यस्तो क्लबमा बिताउँछन् जसले लियोनल मेस्सी र पीएसजीलाई लगातार टक्कर दिइरहन्छ, उनको यो योजना पनि वास्तविकता भएको देख्न सकिन्छ।

युभेन्टसको नजरबाट हेर्दा

Juventus won't offer Ronaldo new deal after contract expires - Report

रोनाल्डो गोल गर्ने मेसिन हुन्, यसमा कुनै शंका छैन। गत सिजन युभेन्टसले खराब प्रदर्शन गर्दा पनि उनी सिरी-एको सर्वाधिक गोलकर्ता (२९ गोल) भएका थिए। उनले युभेन्टसका लागि १ सय ३४ खेलमा १ सय १ गोल गर्न सफल भएका छन्।

युभेन्टस क्लब इतिहासमै सबैभन्दा कम खेलमा १ सय गोलको कीर्तिमान रच्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन्। उनको तीन बर्षे ट्युरिन बसाईमा युभेन्टसले सम्पूर्ण घरेलु लिग उपाधि पनि उचाल्यो। तर घरेलु उपाधि जित्न युभेन्टसले रोनाल्डोलाई १ सय २० मिलियन डलरमा अनुबन्ध गरेको थिएन।

रोनाल्डोसँग युभेन्टसको चाहना एक मात्र थियो, क्लबलाई सन् १९९६ पछिको पहिलो च्याम्पियन्स लिग उपाधि दिलाउने। तीन वर्षमा तीन फरक प्रशिक्षक भित्र्याइयो, तर च्याम्पियन्स लिग युभेन्टसले जितेन। रोनाल्डोसँग युभेन्टस च्याम्पियन्स लिगको सेमी फाइनल समेत पुग्न सकेन।

Cristiano Ronaldo of Juventus kisses the trophy after winning the... | Ronaldo, Cristiano ronaldo, Cristiano ronaldo cr7

रोनाल्डोको बहिर्गमनमा मैदान बाहिरका कुरा पनि निकै महत्वपूर्ण छन्। कोभिड-१९ ले यस सिजन मात्रै युभेन्टसलाई २ सय ३५ मिलियन डलरको घाटा लागिसकेको छ। यस्तो परिस्थितिमा रोनाल्डोको बार्षिक एक सय मिलियन डलरको तलब कटौतीले पनि क्लबलाई धेरै ठूलो राहत मिल्ने निश्चित छ।

सन् २०१८ मा रोनाल्डोको आगमनसँगै युभेन्टसको अन्तराष्ट्रिय प्रोफाइलमा वृद्धि आएको थियो। सामाजिक सञ्जालमा फलोवर्स दोब्बर भएका थिए। राजस्व संकलन तथा अन्य ब्रान्डसँगको साझेदारी पनि आकासिएको थियो। तर अहिले युभेन्टस आर्थिक मन्दीको शिकार भएको छ। रोनाल्डोको बहिर्गमनले क्लबलाई ठूलो राहत प्रदान गर्नेछ।

रोनाल्डो र म्यान्चेस्टर युनाइटेडको पुनर्मिलन

King is back': Manchester United fans get emotional as Cristiano Ronaldo returns to club after 12 years

रोनाल्डोले युभेन्टस छाड्ने चर्चा युरो कप २०२० अघिदेखि नै भएको थियो। विभिन्न क्लब उनको हस्ताक्षरको पर्खाइमा पनि थिए।

तर नयाँ सिजन अघि उनलाई युभेन्टसको प्रशिक्षणमा देखिएपछि हल्लाहरु बिस्तारै हराउँदै गए। तर हल्ला जान र आउन कुनै पनि समय लाग्दैन। नयाँ सिजनको पहिलो खेलमा उनी उडिनेसेविरुद्ध सुरुवाती ११ मा नपरेसँगै उनको युभेन्टस छाड्ने हल्ला फेरि सुरु भयो ।

त्यसमाथि युभेन्टसका मुख्य प्रशिक्षक एलेग्री आफैंले रोनाल्डोले क्लब छाड्ने इच्छा व्यक्त गरेको जानकारी गराएपछि त उनले इटाली छाड्ने पक्का भयो। यो सबबीच म्यान्चेस्टर सिटीले उनलाई अनुबन्ध गर्ने चाहना व्यक्त गर्यो। म्यान्चेस्टर सिटीसँग रोनाल्डोको नाम जोडिँदा म्यानचेस्टर युनाइटेडका समर्थकलाई ठूलो चोट पुग्यो।

Manchester City in talks to sign Ronaldo from Juventus | Goal.com

म्यान्चेस्टर युनाइटेडको सबैभन्दा ठूलो प्रतिद्वन्दी क्लबमा रोनाल्डो अनुबन्ध भएको हेर्न युनाइटेडका समर्थकलाई सजिलो थिएन। रोनाल्डोलाई नयाँ चुनौती चाहिएको थियो। ३६ वर्षको उमेरमा कोही खेलाडी इंग्लिश प्रिमियर लिग जस्तो कठिन लिगमा सफलता खोज्छ भने या त त्यो मजाक हो, या त त्यो खेलाडी रोनाल्डो नै हुनु पर्दछ।

म्यान्चेस्टर सिटीले आफ्नो नम्बर १ टार्गेट ह्यारी केनलाई अनुबन्ध गर्ने सकेन। सिटीले भर्खरै केनको कारोबारमा हार बेहोरेको थियो। रोनाल्डोलाई अनुबन्ध गर्न सक्नु, सिटीको जित हुने थियो। तर त्यो पनि हुन सकेन।

अन्तिम समयमा रोनाल्डोलाई युनाइटेडले, र युनाइटेडलाई रोनाल्डोले फेरि एकपटक आकर्षित गर्न सफल भए। युनाइटेडका मुख्य प्रशिक्षक ओले गन सोलसाई जो कुनै बेला युनाइटेडमै रोनाल्डोको साथि थिए, उनले रोनाल्डोलाई पुनः एकपटक क्लबमा भित्र्याउन सफल भएका छन्।

Cristiano Ronaldo the best I have played with, says Ole Gunnar Solskjaer | Football News - Times of India

गत सिजनको प्रिमियर लिग उप-विजेता म्यान्चेस्टर युनाइटेडले यो सरुवा बजारमा दुई विश्वविख्यात खेलाडी भित्र्याइसकेको थियो। जर्मन क्लब डर्टमन्डबाट जेडन सान्चो र रियल मड्रिडबाट रोनाल्डोका पूर्व सहकर्मी राफाल भरानको आगमनले युनाइटेडलाई यस पटकको दावेदार टोली बनाइसकेको छ।

त्यसमाथि रोनाल्डोको पुनरागमन, म्यान्चेस्टर युनाइटेडका सम्पूर्ण समर्थक रोनाल्डोलाई फेरि एकपटक आफ्नो क्लबको जर्सीमा हेर्न उत्साहित छन्। ओल्ड ट्राफोर्डमा रोनाल्डोको जादु हेर्न पर्खिरहेका छन्। हो, रोनाल्डो अन्ततः घर फर्किएका छन्।

Homecoming' - Twitter Reacts As Manchester United Announce Ronaldo's Return

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?