२२ मङ्सिर २०७८, बुधबार

एमाले ललितपुरमा उम्मेदवार सिफारिस

२०७४,आश्विन,२३,सोमवार ०६:००

9
Shares

काठमाडौँ, २३ असोज ।नेकपा (एमाले) ले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ ।जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।सो क्षेत्रमा मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममायाँ कार्कीको थप नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं २ मा कृष्णलाल महर्जनको नाम सर्वसम्मत भएको छ ।निर्वाचन क्षेत्र नं ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशीला नेपालको नाम सिफारिस भएको छ ।प्रदेशतर्फ १ नं को क निर्वाचन क्षेत्रमा उमेश शर्मा बजगाईं, पुरुषोत्तम हुमागार्इं र कमलकुमारी श्रेष्ठको तथा ख मा चेतनाथ सञ्जेल, रामकृष्ण हुमागार्इं र गोमा घिमिरेको नाम सिफारिस गरिएको छ ।क्षेत्र नं २ को ‘क’ मा माधव पौडेल र ‘ख’ को लागि अष्टवीर व्यञ्जनकार, श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ ‘क’ को लागि देवकी श्रेष्ठ, रघुनाथ महर्जन र राजेन्द्र श्रेष्ठ तथा ‘ख’ को लागि कल्पना अधिकारी, जीवन खड्का, दामोदर खड्का, राजेन्द्र थापामगर, स्वयम्भुराज डंगोल, सुकुमायाँ लामा, हरिकृष्ण थापा सिफारिस गरिएको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले जानकारी दिए । 

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०६:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले करिब

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस संक्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हुने भएपछि चितवनका व्यवसायी उत्साहित भएका छन् । मंसिर १० गते

काठमाडौं- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहानगरले आर्थिक अभावमा उपचारबाट वञ्चित बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

ताजा समाचार

युरोपेली शहरमा सिधा हवाई उडानबारे छलफल
 २०७८,मङ्सिर,२२,बुधबार २१:३८
लागु औषधसहित तीन पक्राउ
 २०७८,मङ्सिर,२२,बुधबार २१:३३
प्रकाशमानको आँगनमा रामचन्द्रको निराशा !
 २०७८,मङ्सिर,२२,बुधबार २१:२८