कोरियाको डेब्यू डबलमा च्याम्पियन इन्टरको सहज जित

काठमाडौं। इटालियन सिरी-ए अन्तर्गत शुक्रवार राति भएको खेलमा साविक विजेता इन्टर मिलानले हेलास भेरोनालाई ३-१ गोलले पराजित गरेको छ।

भेरोनाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले खेलको सुरुवाती १५ मिनेटमै अग्रता लिएको थियो। भेरोनाले इभान इलिचको गोल मार्फत खेलमा अग्रता लिएको थियो।

Correa: 'My Inter dream!' - Football Italia

पहिलो हाफमा १-० गोलले पछि परेको इन्टरले दोस्रो हाफको सुरुवाती २ मिनेटमै बराबरी गोल फर्काउन सफल भयो। इन्टर तथा अर्जेन्टिनाका स्टार खेलाडी लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई बराबरीको स्थितिमा पुर्याएका थिए।

खेलको ७४औं मिनेटमा मार्टिनेजलाई प्रतिस्थापन गर्दै इन्टरका नयाँ खेलाडी वाकुइन कोरिया मैदानमा छिरे। लाजियोबाट यसै साता इन्टरमा अनुबन्ध भएका कोरियाले डेब्यू खेलमा दुई गोल गर्न सफल भए।

Serie A Verona 1-3 Inter: Perfect Correa debut - Football Italia

उनले खेलको ८३औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयको चौथो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए। उनले ९४औं मिनेटमा गोल गर्दै डेब्यूमा डबल गोल गर्न सफल भएका हुन्।

यस जितसँगै इन्टरले दुई खेलमा दुई जित निकालेको छ। उता भेरोना भने अंक तालिकाको १९औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?