क्रिस्टियानो रोनाल्डो: ब्याक टू म्यानचेस्टर युनाइटेड

काठमाडौं। पोर्चुगलका कप्तान तथा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन्।

इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्टससँग २० मिलियन युरोको सम्झौता गर्दै रोनाल्डोलाई दोस्रो पटक क्लबमा अनुबन्धित गरेको छ। रोनाल्डोले अबको केही बेरमा सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन्।

सन् २००३ देखि २००९ सम्म युनाइटेडमा रहेका रोनाल्डो रियल मड्रिड र युभेन्टस हुँदै पुनः युनाइटेड फर्किएका छन्। पछिल्लो समय रोनाल्डोले युनाइटेडको शहरी प्रतिद्वन्दी म्यान्चेस्टर सिटीसँग सम्झौता गर्ने चर्चा चलेपनि उनी पुरानै क्लब फर्किएका छन्।

३६ वर्षीय क्रिस्टियानो रोनाल्डोले पहिलो युनाइटेड बसाईमा ३ प्रिमियर लिग उपाधिसहित एक च्याम्पियन्स लिग उपाधि उचालेका थिए। त्यस्तै सन् २००८ मा उनी युनाइटेडकै खेलाडी रहँदा पहिलो पटक ‘बलोन डे ओर’ उपाधि समेत उचालेका थिए।

Cristiano Ronaldo Set for Manchester United Return; Deal Complete

रोनाल्डो हाल पोर्चुगलको राजधानी लिजबनमा छन्। उनको स्वास्थ्य जाँच त्यहाँ नै गरिनेछ। रोनाल्डो १२ वर्ष पछि त्यही क्लब फर्किएका छन्, जसले उनलाई विश्वविख्यात खेलाडी बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?