नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरद्वारा राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन्।

हाल ओमानमा राष्ट्रिय टोलीसँगै रहेका प्रशिक्षक ह्वाटमोरले ईमेल मार्फत राजीनामा दिएको बताइएको छ। उनले व्यक्तिगत कारण देखाउँदै प्रशिक्षकको पदबाट राजीनामा दिएका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र संयुक्त राज्य अमेरिकासँग त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्न ओमानमा छ। प्रशिक्षकले कोभिड १९ तथा व्यक्तिगत कारण देखाउँदै ईमेल मार्फत राजीनामा दिएका छन्।

ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)सँग एक वर्षको सम्झौतामा हस्ताक्षर गरेपनि उनले आठ महिनामै पदमुक्त हुने निर्णय गरेका छन्। नेपालको ओमान भ्रमण अन्त्य भएसँगै ह्वाटमोरले प्रशिक्षकको जिम्मेवारी छाड्नेछन्।

May be an image of 2 people, people standing and outdoors

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?