गोदावरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन् ।
धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताएका हुन् ।
संविधानअनुसार यो सरकार बनेको बताउँदै उनले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताए । “हामी कसैको प्रभावमा पर्नु हुँदैन”, उनले भने, “आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन ।” उनले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताए ।
डा भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आइपुगेका हुन् । जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया