‘रोनाल्डोले युभेन्टस छाडिसके’- एलेग्री

काठमाडौं। इटालियन क्लब युभेन्टसका मुख्य प्रशिक्षक मास्सीमिलानो एलेग्रीले क्रिस्टियानो रोनाल्डोले क्लब छाडेको कुरा पुष्टि गरेका छन्।

पोर्चुगलका कप्तान तथा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले बिहीवार आफूले क्लब छाड्न चाहेको जानकारी गराएको एलेग्रीले बताए। सन् २०१८ मा स्पेनिश क्लब रियल मड्रिडबाट युभेन्टसतर्फ लागेका रोनाल्डोले आफूले तुरुन्तै क्लब छाड्न चाहेको इच्छा व्यक्त गरेका थिए।

युभेन्टसबाट बहिर्गमन भएसँगै रोनाल्डो पुनः इंग्लिश प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर फर्किने चर्चा भइरहेको छ। तर यस पटक भने उनी म्यान्चेस्टरको दोस्रो भाग, म्यान्चेस्टर सिटीमा अनुबन्ध हुने सम्भावना बलियो देखिन्छ।

वर्तमान प्रिमियर लिग विजेता सिटीको यसै साता इङ्ल्यान्डका कप्तान ह्यारी केनलाई अनुबन्ध गर्ने चाहना असफल भएको थियो। क्लब लेजेण्ड सर्जियो अग्वेरो यसै सिजन बार्सिलोना गएपछि सिटीमा स्ट्राइकरको खाँचो देखिन्छ।

Ronaldo misses Juventus training as Man City transfer links intensify |  Goal.com

“हिजो, रोनाल्डोले मलाई क्लब छाड्न चाहेको कुरा भने। सोही कारण उनी शनिवारको खेलमा सम्मिलित हुनेछैनन्”, एलेग्रीले एमपोलीसँगको खेल अगाडिको प्रेस कन्फरेन्समा भनेका थिए। । “कुराहरु बालिन्छन्, यहीनै जीवन हो”, उनले थपे। “रोनाल्डोलाई सबैले धन्यवाद व्यक्त गर्नु पर्दछ, युवा खेलाडीले उनीबाट धेरै कुरा सिक्ने अवसर पाएका छन्”, एलेग्रीले भनेका थिए।

यदि रोनाल्डो म्यान्चेस्टर सिटीसँग अनुबन्धित भएको खण्डमा यसले म्यान्चेस्टर युनाइटेडका समर्थक लाई ठूलो चोट पुर्याउनेछ। सन् २००३ मा पोर्चुगिज क्लब स्पोर्टिङ्ग लिजबनबाट इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका रोनाल्डोले युनाइटेडमा ६ वर्ष बिताएका थिए।

Cristiano Ronaldo dreams of Man Utd return, says Guillem Balague in new  biography | Football News | Sky Sports

उनी युनाइटेडमै रहँदा विश्वविख्यात खेलाडी पनि बन्न सफल भएका थिए। उनले म्यान्चेस्टरमा रहँदा ३ प्रिमियर लिग उपाधिसहित एक च्याम्पियन्स लिग पनि जितेका थिए। उनले सन् २००९ मा रियल मड्रिड जानु अघि युनाइटेडमा एफए कप, दुई लिग कप तथा फिफा क्लब विश्वकप उपाधि पनि उचालेका थिए।

म्यान्चेस्टर युनाइटेडका लेजेण्ड रोनाल्डो अब म्यान्चेस्टर सिटी जाने हुन् की होइनन्, १०० प्रतिशत पक्का नभएपनि उनको युभेन्टससँगको यात्रा भने अन्त्य भइसकेको छ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?