विराटनगर । प्रदेश १ मा शुक्रबार २ जना नवनियुक्त मन्त्रीले पद तथा गोपनियतको सपथ ग्रहण गरेका छन्।
ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकासमन्त्री र तेह्रथुमका लक्ष्मण तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भई पद तथा गोपनियतको सपथ ग्रहण गरेका हुन् ।
आजै ४ जना मन्त्री थपिने चर्चा भए पनि नाम टुंगो नलागेकाले २ जना मात्र नियुक्त गरिएको बताइएको छ। नाम तय गर्न छलफल भइरहेको छ ।
नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा सपथ गराइएको छ। मुख्यमन्त्री आचार्यले माधवकुमार नेपालको साथ छाडेका ती २ जना प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया