४४ करोड स्वाहा पार्न खोज्ने इस्टर्न सुगर मिलका सञ्चालक पक्राउ

इटहरी, २६ चैत – किसानलाई ‌लामो समयसम्म दिनुपर्ने भुक्तानी नदिएपछि प्रहरीले सुनसरीको इस्टर्न सुगर मिलका सञ्चालकलाई पक्राउ गरेको छ ।किसानलाई भुक्तानी गर्नुपर्ने झण्डै ४४ करोड रुपैयाँ सञ्चालकले नदिएपछि उद्योगका वित्त प्रबन्धक वृजमोहन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । सुनसरीका डीएसपी नारायणप्रसाद चिमोरियाले किसानले भुक्तानी रकम नपाएको उजुरी दिएपछि पक्राउ गरेको बताए ।उद्योगले चैत १० गते अबको १२ दिनमा भुक्तान दिने बताएको थियो । तर निर्धारित समयमा भुक्तान नगरेपछि किसानहरू आक्रोशित भएका हुन् । सञ्चालकलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पनि किसानको रकम भुक्तान गर्न चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?