मकवानपुर । मकवानपुरमा ४४ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मनहरी गाउपालिका–५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही गाउपालिकामा बस्ने २२ वर्षीय अर्जुन लोप्चन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउपालिका–५ जय सिंहस्थित खोलाको किनारामा उक्त परिमाणमा गाँजाको भारी बोकी हिंडिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया