युभेन्टस छोड्ने हल्ला चलिरहेको बेला रोनाल्डो प्रशिक्षणमा अनुपस्थित

लोकपथ
338
Shares

काठमाडौं । क्रिस्टियानो रोनाल्डो युभेन्टसको प्रशिक्षणमा अनुपस्थित भएका छन् । युभेन्टस छोड्ने हल्ला चलिरहेको बेला रोनाल्डो शुक्रबार टिमको प्रशिक्षणमा अनुपस्थित भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम गोल डटकमका अनुसार रोनाल्डो प्रशिक्षण केन्द्र पुगेपनि प्रशिक्षणमा सामेल नभई फर्किएका थिए ।

स्टार स्ट्राइकर रोनाल्डो पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलिरहेको छ । रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले अनुबन्ध सम्झौताका लागि सिटीसँग कुराकानी गरिरहेको बताईएको छ ।

रोनाल्डोको युभेन्टससँगको सम्झौता एक वर्ष बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?