बुटवल । नवलपरासीमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेको बताए । उनका अनुसार सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन् ।
घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको डीएसपी लामाले जानकारी दिए । उनीहरूको शव केही तल खेतमा फेला परेको थियो । रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया