अब संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीश राणाले नहेर्ने

लोकपथ
140
Shares

काठमाडौं । अब संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तीविरुद्धमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नहेर्न भएका छन् ।

आज संवैधानिक परिषद्सम्बन्धी परेको मुद्दामा सुनुवाइका क्रममा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले त्यस प्रकृतीका मुद्दामा आफू सहभागी नुहने घोषणा गरेका हुन् ।

प्रधानन्यायाधीश पनि संवैधानिक परिषद्को पदेन सदस्य हुने र त्यससम्बन्धी मुद्दा हेर्दा मत बाझिने भन्दै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने सुझाव दिएका थिए ।

आज उक्त मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि प्रधानन्यायाधीश जबराले इजलासमा आफ्नो भूमिका सिमित राख्ने निर्णय गरेका हुन् । जसअनुसार सो रिट निवेदनमाथिको पेसी तोक्न उनको भूमिका रहने छैन ।

त्यससँगै उक्त रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले पाएका छन् । भने उक्त मुद्दाको रिट सुनुवाइ हुने दिन प्रधानन्यायाधीश राणा बिदामा बस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?