कर्णाली । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा प्रदेश सरकारले मन्त्री शाहीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए ।
यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले पदबाट राजीनामा नदिएका खण्डमा आन्दोलन गर्ने बताएका छन् ।
यद्यपि, मन्त्री शाहीको सचिवालयले भने यो विषयमा अहिलेसम्म कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया